Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुनबारे छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएको हो ।

समिति सदस्यहरुमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना छन् । गए राति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनी अहिले प्रहरी थुनामा छन् । फ्लाई दुबईको उडान नम्बर एफजेड- ५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

विमानस्थल भन्सार कार्यालय टोलीले विशेष सुराकीको आधारमा खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको थियो ।

विमानबाटै नियन्त्रणमा नलिएको भए अर्कै हुन सक्थ्यो : पाण्डे
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. पाण्डेले पक्राउ परेका व्यक्तिलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए सुन फेला नपर्न पनि सक्ने संकेत गरेका छन् ।

पत्रकारसँग कुराकानी गर्दै पाण्डेले विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा लिएको कारण ठुलो परिमाणको सुन बरामद गर्न सकिएको बताए । बिहीबार राती फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेको साथबाट भन्सारका कर्मचारीले ७ वटा बिस्कुटमा रहेको १४ किलो सुन बरामद गरेका थिए ।

भन्सार कार्यालयलाई आएको सूचनाका आधारमा दुई दिनको मेहनतपछि सुन बरामद भएको प्रमुख प्रशासक पाण्डेले बताए । पाण्डेले भने, ‘हामीलाई आएको सूचनाका आधारमा बुधवार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ । सूचनाबारे हामी एक दुई जनालाई मात्रै जानकारी थियो । बिहीबार पक्राउ परेका व्यक्ति विमानबाट ओर्लने बित्तिकै हामीले वा थ्रुमा नियन्त्रणमा लियौँ । अन्यत्र कतै जान नदिई कसैसँग भेट गर्न नदिएका कारण हामीले उनलाई सुनसहित पक्रन सफल भयौँ ।’

एक्सरेबाट त्यति सजिलै सुन ल्याउन सकिन्छ र भन्ने प्रश्नमा पाण्डेले भने, ‘त्यो सम्भव छैन । यदि उनलाई अरूसँग भेटघाट गर्न नदिई नियन्त्रणमा लिएका कारण सुनसहत पक्राउ गर्न सफल भयौँ । यदि उनले अरूसँग भेट्ने वा केही समय बिताउन पाएको भए अरू केही हुन पनि सक्थ्यो ।’

तपाईको प्रतिक्रिया