Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई धुमधामले मनाउने निर्णय गरेको छ । बिहीबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्र र अन्य तहमा पृथ्वी जयन्तीलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती भब्यरुपमा देशैभर मनाउने निर्णय गरेको हो । श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग छलफल गर्ने जिम्मेवारी बुद्धिमान तामाङ र इलाम लगायतमा हुने उपनिर्वाचन सम्बन्धी आवश्यक तयारीको जिम्मेवारी हेमजङ्ग गुरुङलाई दिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्य समितिको बैठक पुस १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ।

तपाईको प्रतिक्रिया