Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् । बिहीबार मेची-महाकाली अभियानअन्तर्गत बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए । उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको अरोप लगाए । उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।

‘यो सरकार लज्जाबोध नभएको सरकार हो । यसले राष्ट्रघाती काम गर्छ । यसले देशको इज्जत समाप्त पार्छ । यसले स्वाधिनता कमजोर पार्छ । स्वतन्त्रताको प्रयोग गर्न सक्दैन । राष्ट्रियहितको रक्षा गर्न सक्दैन । भूमिको बारेमा बोल्न सक्दैन । यस्तो सरकार हो’ ओलीले भने ‘विकासका कामहरू एमालेको समयमा जुन भएका थिए । ति विकासका कामहरू ठप्प छन् । तैपनि यस्तो सरकार चलिरहेको छ । सरकार हौँ भनेर बसिरहेको छ । चल्न त के चल्नु र बसिरहेको छ ।

‘अर्थतन्त्र ध्वस्त भएको छ, महंगी बढेको छ, युवा पलायन भइरहेका छन्, देश कमजोर हुँदै गएको छ, बैंक र ऋणीहरूको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ । अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो । यो त सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेका छन् सरकारमा अचम्म लाग्दो छ’ उनले भने ‘देशको राजनीतिक अस्थिरता बढ्दो छ । अराजकता बढ्दो छ । जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरू पलायन भइरहेका छन्, अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाएर पाल्नुपरेको छ । त्यही पनि पहिलो चौमासिकमा । पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पैसा संकलन हुन्छ ।’

अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए ।

 

तपाईको प्रतिक्रिया