Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेपालीलाई भिजिट भिसामा लगेर गिरोहले रुसी सेनामा भर्ना गराउने गरेको खुलेको छ । काठमाडौंबाट प्रहरीले १२ जनालाई पक्राउ गरेसँगै पठाउने प्रक्रिया पूर्व सैनिकको समेत संलग्नता रहेको खुलेको हो ।

म्यानपावर कम्पनी र अन्य बिचौलियाको मिलेमतोमा रुस लग्ने गरेको प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौँ घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौँ-१६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र सिराहा घर भएका १९ वर्षीय दिपेन परियार छन् ।

काभ्रे घर भएका सुवास लामा, चितवन घर भएका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गा घर भएकी सुजता दाहाल, लमजुङ घर भएका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिका घर भएका ३८ वर्षीय द्रोणा डाँगीलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ गरिएकाहरू दुई समूह हुन् । एउटा समूहको नेतृत्व ओखलढुङ्गा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीय सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालले गर्दै आएका थिए । अर्को समूहको नेतृत्व हरिबहादुर विश्वकर्मा र ईश्वर अधिकारीले गरेका हुन् ।

आरोपीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट भारत हुँदै सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । गिरोहले प्रतिव्यक्ति ७ लाख देखि २० लाखसम्म असुलेको प्रहरीको दाबी छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको छ । रसियाबाट निमन्त्रणा पत्र र भिजिट भिसा उपलब्ध गराएबापत उनीहरूलाई रकम पठाउने गरेको पनि पाइएको छ ।

हरि विश्वकर्माले १८ सय ५० अमेरिकी डलर पठाएको बताएका छन्  । सेटिङ मिलाएको र टिकेटिङको लागि शोभराजलाई भारतीय रुपैयाँ २ लाख पठाएको पनि प्रमाण फेला परेको छ । आरोपीहरूले पठाएको मध्ये ११ जना नेपाल फर्किएका छन् । ५-१० जनाको समूहबाट रसिया पठाउन सुरु गरेका आरोपीहरूमध्ये केही कन्सल्टेनी सञ्चालकहरू पनि छन् ।

केही कन्स्ल्टेन्सीले विज्ञापन नै गरेर रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता समेत सञ्चालन गरेको खुलेको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ परेका हरि पूर्व सैनिक हुन् । उनीहरूको साथबाट ४३ थान पासपोर्ट र नगद समेत बरामद भएको छ । गिरोहका साथमा भेटिएका पासपोर्ट बहालवाला प्रहरीका पनि छन् । उनीहरू पनि भिसा लागेपछि नेपाल प्रहरीबाट राजीनामा दिएर जाने तयारीमा रहेको खुलेको छ ।

यसअघि रुस पुगेर फर्किएका केही व्यक्ति पनि सशस्त्र प्रहरीको जागिर छाडेर गएको खुलेको छ । रुसी सेनामा पठाउन पूर्व सुरक्षाकर्मीहरूलाई प्राथमिकता दिने गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलको भनाई छ ।

तपाईको प्रतिक्रिया