Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजापट्टी मानवताको सबैभन्दा अन्धकार समयमा पुगेको बताएको छ । दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका हुन् ।

‘स्थिति प्रत्येक घण्टा बिग्रिँदै गइरहेको छ, यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ, धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्,’ दक्षिणी गाजापट्टीको राफाबाट पिपरकोर्नले भने, ‘हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ, यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ ।’

इजरायली सेनाले मंगलबार दक्षिणी गाजामा हमास लडाकसँग युद्ध शुरू गरेको छ । युद्धले सर्वसाधारण घेरामा परेको प्यालेस्टिनी क्षेत्रलाई निरन्तर खुम्च्याएको समाचार संस्था एएफपीले जनाएको छ । प्रारम्भमा उत्तरी आक्रमण गरेको पछि इजरायलले अहिले दक्षिणमा स्थल सेनालाई पठाएको छ ।

सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट गाजामा करिब १५ हजार ९०० मानिस मारिएको बताएको छ ।

तपाईको प्रतिक्रिया