Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ ।

अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताए । उन अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ ।

शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ ।

समितिमा एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि अध्यक्ष खनालले जानकारी दिए । प्राधिकरणको रू दुई अर्ब २५ करोड बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ माग गरेको थियो । सो सन्दर्भमा विभिन्न नौ वटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुल उपर गरिनुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन भनिएको प्राधिकरणले जनाएको छ ।

अर्थ समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए ।

“एनसेल आजियटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ), एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काटोस्”, उनले भने, “लगानी सम्मेलन गर्ने भनिरहेका बेला नेपालमा प्रत्यक्ष लगानी गरिरहेको कम्पनी बाहिरिनुले नेपालको प्रतिष्ठामा आँच पुग्ने अवस्था आएको छ ।” यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने वाग्लेको भनाइ थियो ।

समितिका सांसदहरु दीपक खड्का, विराजभक्त श्रेष्ठ, गङ्गा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे ।

यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद र विद्यमान कानुनको उल्लङ्घन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सांसदहरुको धारणा थियो ।

यस्तो छ एनसेलले प्राधिकरणलाई पठाएको पत्र 

उपर्युक्त विषयमा तहाँको मिति २०८०/८/१५ च नं. २११७५८ नं.को पत्र प्राप्त भयो। तत्सम्बन्धमा निम्नलिखित जानकारी गराउँदछौँ।

यस कम्पनीलाई प्राप्त जानकारीअनुसार यस कम्पनीको सेयरधनी रेनल्ड होल्डिंग्स लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजियटा यूके र स्पेक्ट्रलाइट लिमिटेडका बीच सेयर खरिदबिक्री सम्झौतासम्म गरेको देखिन्छ। तहाँको पत्रका सम्बन्धमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ ‘१’ ट र नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क परिपालनको प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिदबिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलनको क्रममा रहेको व्यहोरा सादर अवगत गराउन चाहन्छौँ।

एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध भएको सबैमा अवगतै छ। तहाँको पत्रमा उल्लिखित नियम र विनियमावलीका प्रावधानका पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजियटा लिमिटेड प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त मितिको सेयर खरिद विनियमावली २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजात संकलन गरी दूरसञ्चार नियमावली २०५४ को नियम १५ १ ट र दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त व्यक्तिको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क बमोजिम तहाँ प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा समेत सादर अवगत गराउन चाहन्छौँ।

तपाईको प्रतिक्रिया