Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पश्चिम नवलपरासी सरावल गाउँपालिकास्थित एक विद्यालयका सहायक प्रधानाध्यापकले नौ वर्षीया छात्रालाई घरमै गएर निर्घात कुटपिट गरेका छन् । सरावल-७ बर्गदवामा रहेको बर्दघाट कालिका इङलिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन् ।

कक्षा १ मा अध्ययनरत नौ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक समेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिकाको शरीरमा राताराता नीलडामहरू बसेका छन् । बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय आएपछि लौरो र लात्तीले हानेको अभिभावकले जानकारी दिएका छन् ।

घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटकपटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताए । स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटकपटक गर्दै आएको बता ए। पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताए । यादवको कुटाइबाट ती बालिका हिँड्न नसक्ने अवस्थामा छिन् ।

छतमा लगेर कुटपिट गरेको र कुटपिटपछि बालिका तल्लो तलामा झर्न समेत नसकेपछि साथीहरूको सहयोगमा झरेकी थिइन् । स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने बताए । सरावल गाउँपालिका बालमैत्री पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको

तपाईको प्रतिक्रिया