Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँको न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मारेको हो ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । ‘अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि यकिन परिमाण आउनेछ,’ उनले भने ।

कारखानाबाट कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरिएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया