Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं –  साताको चौंथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार केहीदिन यता लगातार रुपमा बढेको सुनको मूल्य दुई दिनमा भने ३२ सय रुपैयाँले घटेको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि मंसिर १८ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १४ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।

 

तपाईको प्रतिक्रिया