Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे आज छलफल गर्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री हुँदा समेत नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले छलफल गर्न लागेको हो । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको छ ।

एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारले गम्भीर चासो व्यक्त गरिरहेको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सञ्चार माध्यमका सम्पादक, गठबन्धन दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सरोकारवाला निकायसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले हिजो साँझ मात्रै गठबन्धन दलका नेताहरूको बैठक राखेका थिए । बैठकले एनसेलको शेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

 

तपाईको प्रतिक्रिया