Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरु ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गरिने बताएका छन्। महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरुमा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको गुनासो आइरहेको बालेनले उल्लेख गरेका छन्।

यस्तै, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख राख्ने नगरिएको, गुड फार्मेसी प्राक्टिस (जीपीपी)अनुसार औषधि पसल व्यवस्थापन नगरिएको भन्ने गुनासो आएको पनि बालेनको भनाइ छ।

नागरिकको गुनासोपछि अनुगमन गर्दा औषधि बिक्री वितरणमा धेरै कमजोरीहरु देखिएको बालेनले उल्लेख गरेका छन्। कमजोरीहरु सुधार गरी, प्रचलित कानुन तथा नियमहरुको पालना गरी औषधि बिक्री वितरण गर्न मंसिर २९ गतेसम्मको अल्टिमेटमा दिइएको पनि बालेनले जनाएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा त्यस्ता औषधि पसलहरु बन्द गर्ने सम्मको कारबाही गरिने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया