Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आज मंगलबार बिहान काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौं नै फर्किएको छ । एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्किएको हो ।

उडानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत थिए । बिहान ७:४५ बजे काठमाडौंबाट उडेको जहाज जनकपुर विमानस्थलको कमजोर भिजिबिलिटीका कारण अवतरण गर्न नसकेको हो ।

जहाजमा प्रधानमन्त्री दाहालसहित ६५ जना यात्रु थिए । १०-१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौं फर्किएको जहाज १२:४१ बजे पुनः जनकपुर उडेको थियो ।

तपाईको प्रतिक्रिया