बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024

काठमाडौं – आफूले भनेको काम नगरिदिएको झोंकमा धनकुटाका एक युवकले वडाध्यक्षको घरमा आगो लगाइदिएका छन् । पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

सोमबार मध्यान्ह १२:४५ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो । लगत्तै गाउँलेको सहयोगमा आगो निभाइएको थियो । धनकुटा प्रहरीले आगजनीमा संलग्न भएको आशंकामा सोही ठाउँका २० वर्षीय सुशील अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको बयान उनले प्रहरीमा दिएका छन् । अधिकारीलाई अदालतबाट म्याद थपेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरागाईं नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया