Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोनी टेलिभिजनको चर्चित शो सीआइडीमा इन्स्पेक्टर फ्रेडरिक्सको भूमिकाबाट चर्चित भएका अभिनेता दिनेश फडनीसको निधन भएको छ । हृदयघात भएपछि दिनेशलाई केही दिनदेखि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उनी भेन्टिलेटरमा थिए ।मंगलबार उनको निधन भयो । अभिनेताको निधनले उनका सबै फ्यानहरूलाई गहिरो स्तब्ध बनाएको छ। दिनेश फडनीस केही दिनदेखि आईसीयूमा जीवन र मृत्युबीच लडिरहेका थिए । तर आज मुम्बईको एक अस्पतालमा उनको मृत्यु भएको हो ।

दिनेशको मृत्युको पुष्टि उनका नजिकका साथी र सीआईडी ​​शोका सह-कलाकार दयानन्द शेट्टीले गरेका छन्। दयानन्द शेट्टी दिनेशसँग धेरै नजिक थिए। उनी पनि अभिनेताको निधनले गहिरो स्तब्ध भएका छन् ।दिनेश फडणीसको दौलतनगर श्मशान स्थलमा अन्तिम संस्कार गरिने छ । उनले चर्चित टिभी शो सिआइडीबाट ठूलो चर्चा पाए । यस शोमा उनी इन्स्पेक्टर फ्रेडरिकको भूमिकामा देखिएका थिए । उनको क्यारेक्टर निकै रुचाइएको थियो ।

 

तपाईको प्रतिक्रिया