Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवम् केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरूले पार्टी फुट्न नदिने बताएकी छन् । ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम्,’ कार्कीले लेखेकी छन्, ‘साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !’

आगामी आम चुनाव (२०८४ साल) मा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्दै कार्कीले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ ।’

कार्कीले सामाजिक सञ्जालमा लेखेको सन्देश:-

के रे के रे ? फुट्ने रे ?
कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम् ।
साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !!
चौरासी त हुन्छ हुन्छ ! हुनैपर्छ । जनताले देशभित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौँ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठूलो छाती, ठूलो मुटु लिएर हिँड्या छौं । त्यसैले कोसिस नगर्नुस्, सक्नु हुन्न !!
घण्टी त बज्छ बज्छ । चौरासीमै बज्छ । बरु आउनुस् तपाईँहरू पनि यो महाअभियानमा नछुट्नुस् ।
विधिको शासन ? ए ए,
सबैले आ–आफ्नै व्याख्याप्रति व्याख्या गर्नु भएछ !
विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हर्कतमा छैन । न्यायालयमै छैन ! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ।

तपाईको प्रतिक्रिया