Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ । पराराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका-६, दोलखाका राजकुमार कार्की, बाणगंगा-१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो ।

सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ । यसैगरी मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया