Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा नेपालबाट ५० करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

यस अवधिमा ९५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १५ वटा देशमा यार्सागुम्बाको निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा २३ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

चीनमा १८ करोड ३० लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा ३ करोड ८ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १ करोड २८ लाखको निर्यात हुँदा भियतनाममा ३ करोड ४० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।

नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकामा समेत यार्सागुम्बा निर्यात हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया