आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आइतबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया