Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निमार्ण गरिसक्ने बताएकी छन् । सल्यान दार्मा गाउँपालिका ५ स्थित ढकाडामकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास तथा शौचालय निर्माणका स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

सञ्चारमन्त्री शर्माले भनिन्, ‘भूकम्प प्रभावित बस्तीमा समय र लक्ष्य किटान गरेर एक वर्ष भित्र स्थायी आवास निमार्ण गरिनेछ । स्थानीय तहको नेतृत्वमा छिटो छरितो अभियानात्मक रूपमा भूकम्प प्रभावितको आवास निर्माण गरिने छ । समय किटान गरेर बस्ती किटान गरेर सरकार लागिरहेको छ । स्थानीय तह, जनप्रतिनिधिको सक्रियता रहेको छ ।’

उनले स्थानीय तहको नेतृत्वमा छिटो छरितो र अभियानात्मक रूपमा भूकम्प प्रभावितको आवास निर्माण गरिने बताइन् । विपत्तिलाई शिक्षा र अवसरका रूपमा लिएर पुनर्निर्माण गर्नुपर्ने उजको भनाइ छ ।

तपाईको प्रतिक्रिया