Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ ।

हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको ९प्रमाणित० तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन् ।

हाल, नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ । र, पत्ता लगाइएको तेल भण्डारहरूले प्रतिवर्ष पाँच लाख टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् ।यसअघि, चाङ्छिङ आयलफिल्डले विश्वस्तरीय अल्ट्रा–ठूलो तेल निर्माण गरेको थियो । ( राससरसिन्ह्वा )

तपाईको प्रतिक्रिया