Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका बाबुछोराको हकमा उच्च अदालत पाटनले भने फरक फरक आदेश गरेको छ ।

बाबुलाई हिरासतमै राख्ने आदेश सदर गर्दा छोरालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले रायमाझीलाई धरौटीमा रिहा गर्न नसकिने निष्कर्ष निकालेको हो भने छोरा सन्दीपलाई धरौटीमा रिहा गर्न सकिने निर्णय गरेको हो ।

उच्च अदालतले जिल्ला अदालत काठमाडौंको पूर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै उनीसँग धरौटी माग गरेको हो । उच्चले उनले अभियोगमा इन्कारी बयान गरेको भन्दै उनलाई थुनामै राखिराख्नुपर्ने नदेखिएको भन्दै धरौटी माग गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । उच्चले रकम वा बैंकको जमानत राखेर थुनामुक्त हुनसक्ने भनिएको छ । उच्चको आदेशपछि उनी धरौटीमा रिहा हुनसक्ने देखिन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी पूर्पक्षका लागि थुनामा पठाउने आदेश हुँदा सन्दीपको हकमा भने धरौटी माग गरेको हो ।

तपाईको प्रतिक्रिया