Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – झुलाघाट-चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेलधुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । अध्यक्ष ओलीले सभापति देउवासँग गरेको फोन वार्ताको सानो अंश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । करिब ४० सेकेण्डको फोन वार्तामा ओलीले ‘जय नेपाल’ भन्दै कुराकानीको सुरुवात गर्छन् । उनले आफूहरू डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँछन् ।

ओली अगाडि भन्छन्, ‘तपाईँको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन् । देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । उताबाट बोलेको स्पष्ट सुनिँदैन । ओली थ्यांक्यु भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन् । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् ।

तपाईको प्रतिक्रिया