Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी उच्च स्थानमा परेको छ । एक प्रतिवेदनअनुसार अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने विदेशी मुलुकका नागरिकहरूको सूचीमा नेपाल समेत समेटिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतिवेदनअनुसार अष्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल ८औँ स्थानमा परेको छ । प्रतिवेदनअनुसार अष्ट्रेलियाको रियलस्टेटमा सबैभन्दा धेरै लगानी गर्ने देशहरूको सूचीमा चीन पहिलो नम्बरमा छ ।

हङकङ दोस्रो स्थानमा हुँदा भियतनाम तेस्रो र बेलायत चौथो स्थानमा छ । यसपछि क्रमशः सिंगापुर, भारत, ताइवान र नेपाल छन् । नेपालपछि इण्डोनेसिया र मलेसिया समेत सबैभन्दा धेरै लगानीकर्ता १० देशहरूको सूचीमा परेका छन् । नेपालबाट रियल स्टेटमा लगानी गर्न ५८ वटा प्रस्ताव आएको जनाइएको छ । जुन, अघिल्लो त्रैमासमा ६८ वटा थियो ।

यस अवधिमा १० वटा लगानीको प्रस्ताव घटे पनि यो उच्च लगानीको प्रस्ताव गर्ने १० देशमध्ये ८औँ स्थान भएको अष्ट्रेलियन सरकारले जनाएको छ । पहिलो स्थानमा रहेको चीनबाट अष्ट्रेलियाको घरजग्गामा लगानी गर्न ४४० वटा प्रस्ताव आएको जनाइएको छ । यस्तै, हङकङबाट १३० र भियतनामबाट १२३ वटा प्रस्ताव आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।पछिल्लो प्रतिवेदनका आधारमा अष्ट्रेलियामा भएको लगानीमध्ये सबैभन्दा धेरै रियल स्टेटमा थियो । चालू आर्थिक वर्षको पछिल्लो त्रैमासमा यस क्षेत्रमा मात्रै १९ बिलियन अमेरिकी डलरभन्दा धेरैको लगानी भएको छ । जुन, सोही आर्थिक वर्षको अघिल्लो त्रैमासकै हाराहारी हो । अष्ट्रेेलियामा भित्रने विदेशी लगानीमा घरजग्गाले समेत ठुलो हिस्सा ओगट्दै आइरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार १ अक्टोबरदेखि ३१ डिसेम्बर २०२२ मा अष्ट्रेलियामा कूल ३३७ वटा विदेशी लगानीको प्रस्ताव आएको छ । यस अवधिमा मात्रै ५८ बिलियन अमेरिकी डलरभन्दा धेरैको लगानी प्रस्तावना आएको अष्ट्रेलियन सरकारले जनाएको छ ।

यस्तै, अष्ट्रेलियामा सबैभन्दा धेरै विदेशी लगानी आउने देशको सूचीमा भने अमेरिका पहिलो स्थानमा छ । अमेरिकाबाट मात्रै १३४ वटा लगानीको प्रस्ताव आएको जनाइएको छ । यसपछि चीनबाट ४९ प्रस्ताव आउँदा तेस्रो स्थानमा रहेको सिंगापुरबाट ६४ वटा लगानीको प्रस्ताव आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया