Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दोलखाको लामाबगर नाका हुँदै सुन तस्करी गर्ने गिरोहका २७ जनाविरुद्ध मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामध्ये १५ जना मात्र पक्राउ परेका छन् ।

सुन तस्करीका साथै क्रिप्टो कारोबारमा संलग्नविरुद्ध पनि मुद्दा दायर भएको छ । क्रिप्टोकरेन्सीमार्फत सुन तस्करीको पैसा विदेश पठाएको आरोपमा महिमा माझीलाई पनि मुद्दा दायर भएको छ । उनी एक महिनाअघि पक्राउ परेकी थिइन ।

माझी सुन्धारामा एमथ्रि कार्गाे चलाउँदै आएकी छिन् । सोही कार्गाेको आवरणमा उनले क्रिप्टो कारोबार गर्दै आएकी हुन् । पक्राउ परेलगत्तै कार्यालयको झ्यालबाट उनले मोबाइल फालेकी थिइन् । रामेछाप घर भएकी माझीले अवैध कारोबारबाटै अकुत आर्जन गरेको खुलेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा पनि छानबिन हुने भएको छ ।

सो समूहले ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी कायम गरी आइतबार जिल्ला अधिकार दोलखामा मुद्दा दायर भइसकेको छ । त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबार गरेको नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि सजाय माग गरिएको छ । पक्राउ परेका १५ तथा १२ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।
चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको र त्यसको भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरीले दाबी छ । यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् ।

उनीहरूलाई सघाउने सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने, नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि प्रहरी हिरासतमै छन् । तस्करीमा सघाउने एक नाबालकलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

तपाईको प्रतिक्रिया