Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – नेपाल एयरलाइन्सले फ्लाइट सारेको विषयमा सबै यात्रुलाई खबर गरिएको दाबी गरेको छ । उडान तालिका परिवर्तन हुँदा ३१ यात्रु छुटेको विषयमा एयरलाइन्सले सबै यात्रुलाई खबर गरिएको दाबी गरेको हो ।

बुधबार राति ११ः३० को फ्लाइट ९ः३० बजे हुँदा ३१ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेका थिए । उडान छुटेर रोकिएका यात्रुलाई जतिसक्दो चाँडो पठाउने तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

‘हामीले सबैलाई खबर गरेका थियौँ । कल पनि गरेको थियौँ । धेरै संख्या आउनु पनि भयो । केही छुट्नु भयो । उहाँहरु छुट्नु भएकामा हामीलाई दुःख लागेको छ,’ प्रवक्ता पौडेलले भने, ‘उहाँहरुलाई जतिसक्दो छिटो पठाउनको लागि हामी लागेका छौँ, बेलुका ११ः३० मा हाम्रै फ्लाइट छ । उहाँहरुलाई पठाउँछौँ ।’

तपाईको प्रतिक्रिया