Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगम ऋण मुक्त बनेको छ । करिब ५० अर्ब रुपैयाँ रहेको निगमलै सबै ऋण चुक्ता गरेको हो । सरकारलाई हिजो बुधबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो ।

पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको थियो । पछिल्लो समय उसले नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋणपनि चुक्ता गरेको हो । ऋण चुक्ता गरेपनि पनि निगमले मुल्य समायोजन भने गरेको छैन । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् । अहिले निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ ।

निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपनि असोजदेखि त्यो प्रणाली कार्यान्वयनमा ल्याइएको छैन । स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा निगमले राख्ने गरेको छ ।।

तपाईको प्रतिक्रिया