Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ  – नेपाल दूरसञ्चार प्राधिकरणले २४ घण्टाभित्र टिकटक बन्द भएको जानकारी नदिने इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ। बिहीबार गोरखापत्रमा सार्वजनिक सूचना निकालेर प्राधिकरणले जारी गरेको सेवा प्रदायकहरूको सूचीमा रहेकाहरूले २४ घण्टाभित्र जानकारी गराउन फेरी सचेत गराएको हो।

मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो। त्यस लगत्तै प्राधिकरणले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो। तर ५५ सेवा प्रदायकले हालसम्म उक्त निर्णय कार्यान्वयन भए/नभएको बारे कुनै पनि जानकारी नगराएको भन्दै प्राधिकरणले २४ घण्टाभित्र निर्णय कार्यान्वयन भए/नभएको विषयमा जानकारी गराउन पुनः निर्देशन दिएको हो।

प्राधिकरणद्वारा जारी सार्वजनिक सूचनामा भनिएको छ, ‘ उक्त सूचीमा उल्लिखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया