Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत कात्तिक १७ गतेको भूकम्पले जाजरकोटमा घर चर्किएपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी छोरी रक्षा बादीको चिसोको कारण बुधवार राति मृत्यु भएको हो । ती बालिकाको निमोनियाका कारण मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले जानकारी दिइन् ।

भूकम्पपीडितका लागि उचित बासस्थान र पर्याप्त खाद्यान्न पुर्याउन नसकिएको उपाध्यक्ष सिंहले गुनासोसमेत गरिन् ।गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । साथै, धेरै भौतिक र चौपायाको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया