Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार एक समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाँउपालिका-२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका-८ का सुरेन्द्र पाण्डेबीच समलिंगी विवाह दर्ता भएको हो । दोर्दी गाँउपालिका-२ को वडा कार्यालयमा उनीहरूले विवाहका लागि निवेदन दिएका थिए ।

समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले यसलाई पहिलो ऐतिहासिक समलिङ्गी विवाह दर्ता प्रक्रिया भएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया