Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा. वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ । गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका वाग्ले त्यसअघि नेपाली कांग्रेसमा आवद्ध थिए ।

कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका डा. वाग्ले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडी सांसद निर्वाचित भएका थिए । उनले रास्वपा प्रवेशसँगै महत्वपूर्ण जिम्मेवारी पाउने आश्वासन पाएका बताइएको थियो । त्यसअनुरुप सभापति लामिछानेले उपसभापति पदको जिम्मेवारी उनलाई दिएका हुन् ।

एसियाली विकास बैक एडीबीको जागिर छोडेर नेपाल आएपछि कांग्रेस सरकारको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसम्म भएका डा. वाग्ले निर्वाचनमा टिकट दिने आश्वासन दिएर पनि टिकट नपाएपछि उपचुनावमा रास्वपा पुगेका थिए ।

तपाईको प्रतिक्रिया