Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – जापानको याकुशिमा टापु नजिकै ८ जना सैनिक कर्मचारी बोकेको अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । उद्धारकर्ताहरुले जहाजका १ जना यात्रुलाई फेला पारेको बताएका छन्। तर उनको श्वास भने चलेको थिएन । दुर्घटनाग्रस्त विमानको अवशेष याकुसिमामा भेटिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

जापानको सरकारी मिडिया एनएचकेका अनुसार सीभी–२२ ओस्प्रे जहाज याकुसिमा एयरपोर्टमा अवतरण गर्ने गरिरहेको थियो। उसको बायाँ इन्जिनमा आगो लागेको थियो। विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसतर्फ उडेको अनुमान गरिएको छ। जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले विमान स्थानीय समय २ बजेर ४० मिनेटमा राडारबाट हराएको थियो। विमान रडारबाट हराएको ७ मिनेटपछि तटरक्षकहरुले एक आपतकालीन कल प्राप्त गरेका थिए। जसमा उक्त विमान दुर्घटना भएको सूचना दिइएको थियो।

त्यसपछि घटनास्थलमा ६ वटा डुङ्गा र २ वटा हेलिकप्टर पठाइएको थियो। कागोशिमा प्रान्तको याकुसिमा जापानको क्युशु टापुको दक्षिणमा अवस्थित छ।ओस्प्रे एक विमान हो जसले हेलिकप्टर र टर्बोप्रप विमानको रूपमा काम गर्न सक्छ। यो विमानले पछिल्ला केही वर्षदेखि घातक दुर्घटनाहरूको श्रृंखलामा संलग्न छ। जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सेनिक तैनाथ छन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया