Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदैछन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जाने भएका हुन् ।

यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

परराष्ट्रमन्त्री साउदले आज महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० मा सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

इजरायल र हमासबीच अहिले अस्थायी युद्धविराम लागू छ । यो अवधिमा हमासले आफ्नो कब्जामा रहेका थाइ र इजरायली नागरिकलाई रिहा गरे पनि जोशीलाई भने रिहा गरेको छैन ।

तपाईको प्रतिक्रिया