Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

हिजो अर्थात् मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा १६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन अर्थात् मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँ बढेको हो ।

तेजावी सुन तोलामा १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार २८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३ रुपैयाँ तोकेको छ ।

बजार मूल्यमा हरेक दिन नयाँ नयाँ रेकर्ड कायम भइरहँदा बिहेको सिजन अर्थात् मंसिर महिनामा पनि सुनको बजारमा मन्दी छाएको छ । सामान्य अवस्थामा अघिल्ला वर्षको मंसिरमा दैनिक ३० देखि ४० किलो सुनको खरिद बिक्री हुने गरेकामा अहिले बजारमा सुनको खपत आधाले घटेको व्यवसायीहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया