Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विगत १७ दिनदेखि भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई बाहिर निकालिएको छ । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् ।

उनीहरूको उद्धार भएसँगै सुरुङ आसपासमा खुसियाली मनाइएको छ । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी स्वास्थ्य क्लिनिक बनाइएको थियो र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरू तयार अवस्थामा राखिएको थियो । उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटरको पाइपबाट एक-एक गर्दै निकालेका थिए । नजिकै गएको एउटा पहिरोका कारण ढुंगा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबैको जिवितै उद्धार गरिएको छ ।नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुर बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको थियो । त्यसअघि उनीहरुका लागि खानेकुरा, पानी र अक्सिजन त्यही पाइपबाट पठाउने गरिएको थियो । फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। सुरुङभित्र नजिकै पहिरो आएपछि मजदुरहरू सुरुङमा थुनिएका थिए ।

उत्तरकाशीको सिल्क्यरास्थित सुरुङमा फसेका ती मजदुरका आफन्त तथा परिवार सुरुङबाहिर भेला भएर प्रार्थना गरिरहेका देखिन्थे । फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो । नोभेम्बर १३ मा स्थानीय समयअनुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो । पहिरोले सुरुङको मुख थुनिएपछि त्यहाँ अक्सिजनको आपूर्ति पनि काटिएको थियो । तर घटना भएकै दिन राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो ।

तपाईको प्रतिक्रिया