Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार युक्रेनसंगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको कात्तिक २९ गते नै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।

उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।

तपाईको प्रतिक्रिया