Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतीय हवाई सेवा कम्पनी स्पाइस जेटले पुन: दिल्ली–काठमाडौं उडान गर्ने तयारी गरेको छ । यसअघि पनि दिल्ली–काठमाडौं उडान गरिसकेको कम्पनीले पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई औपचारिकरूपमा पत्राचार गरेको छ ।

सन् २०१० बाट दिल्ली–काठमाडौं उडान थालेको कम्पनीले सन् २०१५ मा उडान रोकेको थियो । त्यसपछि पुनः उडान सुरु गरेकोमा कोरोना महामारीको कारण सन् २०२० मा उडान बन्द भयो ।

अहिले कम्पनीले पुनः उडानका लागि प्राधिकरणलाई पत्राचार गरेको छ । कम्पनीले दैनिक दुई उडानका लागि अनुमति मागेको प्राधिकरणले जनाएको छ । कम्पनीले उडान अनुमतिका लागि औपचारिकरूपमा आवेदन दिए प्राधिकरणले अनुमति समय तोक्ने छ । ‘स्पाइस जेटले अहिले मेल पठाएको छ । अब, औपचारिकरूपमा आवेदन दियो भने कहिलेदेखि, कति उडान हुने भन्ने मिति तोकिन्छ ।’

उडानका लागि विमान थपिएपछि प्रतिस्पर्धा हुने भएकाले टिकट सस्तो हुन्छ । जसले यात्रुलाई प्रत्यक्ष फाइन हुने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् । ‘स्पाइस एयरले उडानका लागि सम्पर्कमा आउनु राम्रो कुरा हो । काठमाडौं–दिल्ली एकदमै व्यस्त सेक्टर हो । जहाज कम हुँदा टिकट नपाउने र महँगो हुने समस्या छ । उडान गर्ने वायुसेवा कम्पनी धेरै हुँदा प्रतिस्पर्धा बढ्छ र जसले टिकट सस्तो हुन्छ ।’

स्पाइस जेटले नेपालका लागि पुरानो जनरल सेल्स एजेन्ट (जीएसए)लाई हटाएर नयाँ जीएसए छनोट गरिसकेको छ ।

तपाईको प्रतिक्रिया