Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट आमाछोरालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ पक्राउ परेका हुन् ।

आरोपीहरु चन्द्रबहादुर रावललाई अमेरिका जान ‘४० लाख लाग्छ’ भनेर १५ लाख लिएर सम्पर्कविहीन भएका थिए । अमेरिकामा पुगेपछि मासिक ३ लाख तलब हुने जागिर मिलाइदिने उनीहरूले आश्वासन दिएको पीडितले बताएका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

आरोपीहरूलाई बानेश्वरबाट पक्राउ गरेर कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीको भनाई छ ।

तपाईको प्रतिक्रिया