Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युद्धरत इजरायल र हमासबीच अस्थायी युद्धविराम दुई दिन लम्ब्याउने सहमति भएको छ । मध्यस्थता गरिरहेको कतारले दुई पक्ष दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको छ ।

कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको पनि जानकारी दिएका छन् । हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक छन् ।

अहिलेसम्म हमासले ६९ जना बन्धक छाडेको छ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि छन् । उनी भने अझै हमासको कब्जामा रहेको विश्वास गरिएको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको थियो । त्यसयता इजरायलले गाजा क्षेत्रमा भीषण आक्रमण गर्दै आएको थियो । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गत शुक्रबारदेखि इजरायल र हमासबीच अस्थायी युद्धविराम भएको हो ।

तपाईको प्रतिक्रिया