Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल प्रहरीका एक एसपी १५ दिनदेखि हिरासतमा छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत एसपी भीम दाहाल ११ दिनदेखि झापा प्रहरीको हिरासतमा छन् ।

सवारी ज्यान मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि उनी ११ दिनअघि पक्राउ परेका हुन् ।

ग्त २४ कात्तिकमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका-६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।

सोही घटनामा दाहाल थुनामा परेका हुन् । यद्यपी दुर्घटनामा उनको गल्ती नभएको बताइन्छ । तर, दुर्घटनामा ठूलो सवारी साधनकै गल्ती हुने भएकाले उनीविरुद्ध मुद्दा अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया