Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो ।

प्रदर्शनस्थलबाट आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । श्रीनिवास त्रिशुल लिएर सड्कमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ ।

गौशालामा ४ सेल अश्रुग्याँस प्रहार गरिएको छ । यसअघि आचार्य श्रीनिवास धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए । सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो ।

तपाईको प्रतिक्रिया