Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले एकै पटक ७१ सहसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरिएको जानकारी दियो । महिनौँको तयारीपछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्‍याइएको हो । शुक्रबार मात्रै ७० जनाको अन्तिम सूची तयार भएपनि पछि थप १ जनासहित केहीको कार्यालय मिलान गरेर ७० जनामा सहमति कायम गरिएको छ ।

सहसचिवको सरुवामा मन्त्रीहरू स्वयं आफै सक्रिय भएसँगै सामान्यका कर्मचारी र मुख्य सचिवलाई मिलाउनै हम्मे हम्मे परेको थियो ।यसअघि ५८ जना सहसचिवहरूको सरुवा भए पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको थिएन ।

हेर्नुस् सरुवा सूची :-

तपाईको प्रतिक्रिया