Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नागरिकको सेन्टिमेन्टलाई अवमूल्यन गर्ने जो कोही शक्ति घरायसी भएको इतिहास छ । ३६ सालमा भुट्टोलाई दिएको फाँसीको विरोधमा भएको सानो विरोध जुलुसले जनमत सङ्ग्रह गराएको थियो सम्झना होला नि काँग्रेस र कम्युनिस्टका अहिलेका नेतालाई ?

जो कोही होस आफू लाई निर्विकल्प ठान्ने मानसिकताले बित्यास पार्छ । चाहे प्रसाईँको विद्रोह होस् चाहे महेशको धक्का प्रचण्डलाई मात्र होइन काँग्रेसले पनि व्यहोर्नु पर्ने हेक्का रहोस् । यो सब हुनुमा तपाईँहरू नै जिम्मेवार हुनुहुन्छ । तपाईँहरूले नै गुन्डागर्दी गर्न सिकाउनु भएको हो ।

अपहरण गर्न सिकाउनु भएको हो । बम बनाएर पड्काउन सिकाउनु भएको हो ।त्यो सब हाम्रा साथीहरूले जानेका छन् । अझ हजारौँ पूर्व सुरक्षाकर्मीहरू पनि जोडिसक्नु भएको छ । यो राष्ट्र बचाउ अभियान हो । हामीले शान्तिपूर्ण आन्दोलन गर्न थालेका हौ तर, सुरक्षा निकाय बाटै हाम्रा महान् राष्ट्रवादी, देशभक्त साथीहरूलाई अन्धाधुन्ध लाठी गोली र बुट प्रयोग गरियो । हिजो त हामीले सह्यौ संयमित भयौ तर अब पनि त्यस्तै हर्कत गरियो भने तपाईँहरूले जे-जे प्रयोग गर्नुहुन्छ नेपाली जनताले त्यही त्यही प्रयोग गर्नेछन् ।

काठमाडौँमा डेरा समेत पाउनु हुन्न र तपाईँहरूका बाउ आमा लाई सम्मान पूर्वक आफ्नो छोराछोरीलाई सम्झाउनुहोस् नत्र गाउँबाट लखेट्लान् भनेर सम्झाउँछौ त्यति गर्दा पनि तपाइहरूँ देश बेचुवा तस्कर र गद्दारहरूको साथ दिइराख्नुहुन्छ भने तिनीहरूलाई सलाम ठोक्नु हुन्छ भने तपाईँहरूको पनि दूर दशा हुनेछ यो कुराको ख्याल राख्नुहोला । आउनुहोस् हामी सङ जोडिनुहोस् अपराधीहरू जोगाउन तपाईँहरूका लाठी बुट र हतियार प्रयोग गर्नु हुँदैन । यदि तपाईँहरूलाई साँच्ची देशको माया छ भने, यदि आफ्ना स्वास्नी छोराछोरीको र बाउ आमाको साँच्ची नै माया छ भने विद्रोह गर्नुहोस् र हामी सङ जोडिनुहोस् हामी तपाइहरूँ को संवत् एक तह बढुवा गरिदिनेछौ ।

काठमाडौँ उपत्यका बासी साथीहरू तपाइहरूँ एक हप्ता जागिदिनु पर्‍यो अन्याय अत्याचार तस्करी र भ्रष्टाचार तथा राष्ट्रिय सम्पत्तिको दोहन गर्नेहरूविरुद्धमा हातेमाले गर्नुहोस् । अब कति दिन दुख पाउनुहुन्छ । सटरमा पसल राख्ने साथीहरू हो सोच्नुहोस् बेलैमा बुद्धिको बिर्को खोल्नुहोस् नत्र तपाइको सटर मात्र बन्द हुने होइन तपाइको देश नै कुनै फटाहा विदेशीको हातमा जानेछ । त्यतिखेर राष्ट्रियता प्रस्फुटन हुनेछ तर के गर्नु तपाइको हातबाट देश बेचिइसकेको हुनेछ । अहिले जसरी सिक्किमेहरु रोइरहेका छन् । जसरी कध्मरिहरु रोइरहेका छन्, जसरी तिब्बतीहरू आत्मदाह गरिरहेका छन् हो । त्यसैगरी नै हामी नेपालीका छोराछोरीहरूले पनि आत्मदाह गर्नु पर्ने दिन आउनसक्छ । बेलैमा ब्यूँझिनुहोस् धेरै सुत्नु भो अब उठ्नुहोस् । काठमाडौँमा करोडौँ खर्च गरी घर बनाउनु भएका उपत्यकावासी साथीहरू आज तपाइहरूका सटरहरू खाली भए भोलि कोठाहरू खाली हुन्छन् अनि के खानुहुन्छ ? व्यापार व्यवसाय नष्ट हुँदा कसैले पनि पैसा तिरेर बस्न सक्दैनन् । तपाईँहरू पनि ब्युँझिनुहोस् । तपाईँहरूकै सहभागिताले २०४६/४७ को आन्दोलन सफल भएको हो । तपाइहरूले अब देश राम्रो हुन्छ भन्ने सोच्नु भएको थियो तर त्यसको ठिक उल्टो भयो । हाम्रा सम्पदा मासिँदै गए । हाम्रो भाषाहरूमाथि आक्रमण गरिँदै गयो । चाड्पर्बहरु मनाउन दिइँदै आएको बिदा कटौती गरेर देश बरबाद पर्ने दिनमा बिदा दिए । गर्दागर्दै झोले प्राग्यहरुले हाम्रो भाषामा समेत आक्रमण गरे र बृहत् नेपाली शब्दकोश बाट ॐ भन्ने शब्द नै हटाउने दुष्प्रयास गरे । हाम्रो व्याकरण लाई नै पनि अपहरण गर्ने कोसिस गरे तर हाम्रा विद्धान राष्ट्रवादी साथीहरूले भाषा बचाउ आन्दोलन गरेर जोगाउनु भयो तपाईँहरू सबैलाई म नमन गर्दछु ।सुकुम्वासी बस्तीमा बस्ने लाखौँ साथीहरू तपाईँहरू पनि उठ्नुस् । तपाईँहरूले हरेक पार्टीहरूको कुनै पनि र्‍याली र विरोध प्रदर्शन मा भाग लिन छुटाउनु भएको छैन तर तपाईँहरूले के पाउनु भयो । ४/५ सय भन्दा बढी त पक्कै पनि दिएनन् होला आज गणतन्त्र आएको पनि १७ वर्ष भयो के पाउनु भो? आउनुहोस् हामीलाई साथ दिनुहोस् तपाईँहरूको आफ्नो सरकार बन्नेछ अनि २ वर्ष भित्रमा हामीले तपाईँहरू सबैलाई घर बनाएर दिनेछौ।यो हाम्रो बाचा भयो । आउनुहोस् हातेमालो गरौँ । हिजो तपाईँहरू काङ्ग्रेस हुनुहुन्थ्यो होला, मानववादी हुनुहुन्थ्यो होला एमाले हुनुहुन्थ्यो होला जे भएपनि आउनुहोस् हामीले यो काँग्रेस थियो । यो कम्युनिस्ट थियो भनेर हामीले भेदभाव गर्दैनौ । तपाईँहरूलाई हृदय देखि नै हामीले बुझेका छौ।तपाइको समस्या समाधान केवल हामीले मात्र गर्नेछौ।विश्वास गर्नुहोस् र हामीलाई साथ दिनुहोस् ।

विद्यार्थी साथीहरू तपाईँहरू पनि अखिल र नेबिसंघ बनेर जीवन बिताउनु भयो । यी देशद्रोही तस्करहरूको भर्‍याङ बनेर हिँड्नुभयो तर के पाउनु भयो ? न स्कलरसिप पाउनुभयो न गतिलो पढाइ । १० वर्ष एसएलसी फेल भएका र अनेक तिगडम गरेर सर्टिफिकेट लिएका झोलेहरूलाई प्राध्यापक नियुक्ति गरेर इमानदार र जेहेन्दार शिक्षकहरूको बौद्धिकता माथि मजाक गरियो यो सब देख्दादेख्दै पनि अझै तपाईँहरूको चेत खुल्दैन भने कि त तपाईँहरू दास हो कि त इ तस्कर भ्रष्टहरूले भ्रष्टाचार गरेको पैसाको रहलपहल जुठो पुरो खान पल्केको मान्छे हो होइन भने पढे लेखेको मान्छेको यसरी चेत हराउनु हुन्न । तपाईँहरूले हो यो देश बनाउने यो बेतिथिलाई थितिमा चलाउने अनि तपाईँहरूले सिकेको राजनीतिक सीप लाई फल्ने र फुलाउने ठाउँ भनेकै हामी सङको हातेमालोले हो । तपाईँहरूले साथ दिएको पार्टीमा त तपाईँ हजुर बाउ बन्दा पनि नेता हुन सक्नुहुन्न । आउनुहोस् आफ्नो कौशल र भाषण गर्ने प्लेटफर्म हामी दिनेछौ ।

हाम्रो देशका तमाम मजदुर तथा किसान साथीहरू तपाईँहरूलाई रुखमा झुन्डिन बाध्य बनाउने को हो ? तपाईँहरूले उत्पादन गरेको तर्कारी र फलफूल तपाइकै देशमा बेच्न नदिएर भारतीय तरकारी भित्र्याउनेहरू को को हुन ? तपाईँहरूको आँप र सुन्तला कुहिएर विदेशी ल्याउनेहरू को को हुन ? तपाईँहरूले राम्ररी चिन्नु भएको छ अझै पनि चेत खुल्दैन भने दास नै बन्नुहोस् र आत्महत्या गरेर मरिरहनुस् भनेर म चाहिँ भन्दिन म त विद्रोह गर्नुहोस् भन्छु । हाम्रो साथ दिनुहोस् हामी बिचौलियाहरूलाई सदाको लागि विस्थापित गर्दिनेछौ र तपाइको मल र बिउको सहज उपलब्ध गराउनेछौ र यदि हाम्रो सरकार आयो भने तपाईँहरूको सबै उत्पादन हामी किन्दिनेछौ र देशभरी सरकारले नै डिस्टृब्युसन गरिदिनेछ।यो कुराको ग्यारेन्टी हामी दिन्छौ आउनुहोस् जाग्नुहोस् अब कानमा तेल हालेर नबस्नुहोस् कुटो कोदालो बोकेर अपराधीहरूको टाउको फुटाउन निस्कनुहोस् ।

म राप्रपाका,राप्रपा नेपालका,राष्ट्रिय शक्ति नेपालका, शिवसेना नेपालका,शाही युवा शक्ति नेपालका तथा नेपालका लागि नेपालीका नेता तथा कार्यकर्ता साथीहरूलाई तपाईँहरूको जुँङाको लडाइ छोड्नुहोस् भन्न चाहन्छु । तपाईँहरू राष्ट्रवादी हो भने यदि यो व्यवस्थाको विरुद्धमा साँच्चिकै उभिनु भएको हो भने आउनुहोस् हाम्रो आन्दोलनमा सहभागी बन्नुहोस् । तपाईँहरूको आत्मसम्मान हामीले गिर्न दिनेछैनौ । तपाइ हाम्रा विमति हरूलाई पछि केरकार गरौला तर आज हाम्रो आन्दोलनमा सहभागी बनेर हातमा हात राखेर साथ दिनुहोस् ।

डियर पी भन्दामाथिका सुरक्षाकर्मी साथीहरू तथा नेपाली सेनाका कमान्डर साथीहरू तपाईँहरूका गतिविधिहरू हामीले राम्ररी नियालेका छौ । तपाईँको परिवारहरू कहाँ बस्छन् छोराछोरी कुन देशमा के गर्छन् त्यो हामीलाई राम्ररी जानकारी छ । यदि तपाईँहरू हाम्रा साथीहरूलाई दमन गर्न उत्रनुभयो भने तपाईँहरू नेपालमा त बास पाउनु हुन्न हुन्न तर विश्वको कुनै पनि देशमा छिर्न पाउनुहुन्न ।मानव अधिकारको सम्मान गर्न सिक्नुहोस् र दलाल तस्कर हरूको संरक्षण गर्न नलाग्नुहोस् । नत्र कर्णेल कुमार लामाको हालत हुनेछ यो कुराको हेक्का राख्नुहोस् ।जन विद्रोहमा सहभागी हुन अब काङ्ग्रेस तथा कम्युनिस्ट साथीहरू पनि आउनुहोस् । त्यहाँपनि राष्ट्रवादी साथीहरू धेरै हुनुहुन्छ । सबै फटाहा र तस्कर हुनुहुन्न । जो असल हुनुहुन्छ ती-ती आउनुहोस् तर हामीलाई तस्कर का दलाल हरूको जरुरत छैन तिनीहरूलाई अनुरोध छ कि सुध्रनुहोस् कि त अब सिद्धिनुहोस् । हामी भुसुना किचे झैँ किचिदिन्छाै भन्दैनौ।हामी राजा वीरेन्द्रको शान्ति क्षेत्र नेपालका जनता हौ हामीलाई नेपाली हुनुमा गर्व छ । हामीलाई हाम्रो राष्ट्रियतामा गौरव छ।हामी सबैको भाषा तथा भेषमा गौरव छ । हाम्रो राजतन्त्रको बारेमा गौरव छ ।

हामीले त आन्दोलन गरेर टाउको फुटाएर पञ्चायती शासकहरूको हात बाट सत्ता खोसेर तपाईँहरूलाई दिएकै थियौ । ५ वर्षमा एसियाकै नम्बर वान देश बनाउँछौ र विश्वकै समृद्ध नेपाल बनाउँछौ भन्नुभयो हामीले होला त नि भनेर आँखा चिम्लेर पत्याइदियौ विश्वकै समृद्ध त बनाउनु भो तर नेपाल र नेपालीलाई होइन तपाईँ र तपाइको परिवारलाई चाहिँ विश्वकै सम्बद्ध बनाउनुभयो ।

आजको यो जनसमूह त्यसैको विरुद्धको दबिएको आवाज हो । हाम्रा साथीहरूले राँके जुलुस निकाल्न सिकाइ सक्नु भएको छ । ढुङ्गा हान र बम हान्न समेत सिकाइ सक्नु भएको छ । बेलैमा सरेन्डर गर्नुहोस् र एउटा सम्झौतामा आउनुहोस् नत्र तपाइले बल्न सिकाएको राँके जुलुसले तपाईँहरूको ताउको गिँडेर टाउको पोल्दै हिँडेको देख्नु नपरोस्। तपाईँहरूले प्रशिक्षण दिएर बम बनाउन सिकेकाहरूले तपाइको घर परिवार मा पड्केको देख्नु नपरोस् ।

तपाईँहरूले त यो देशको प्रहरी र आर्मीहरूलाई गोली र एम्बुसमा पारेर हत्या गर्न पनि सिकाउनु भएको हो । हाम्रा सुरक्षाकर्मी साथीहरूले मुटुमाथि ढुङ्गा राखेर तपाईँहरूलाई सलाम गरेर बस्नु भएको छ । अब सुरक्षाकर्मी साथीहरूले ती बन्दुक तपाईँहरू तिरै फर्काएको देख्नु नपरोस् । हामी शान्ति क्षेत्र नेपालका शान्ति प्रिय नेपाली हौ । हामी विश्वकै शान्ति दूत भगवान गौतम बुद्धको देशका जनता हौ । हामीहरू राष्ट्र र राष्ट्रियतामा विश्वास गर्छौ । हिंसा र हत्यामा होइन हामी बसभित्र जनता कोचेर आगो लगाउने आतंककारी होइनौ । तर हामीलाई आतङ्कित पर्ने दुस्साहस नगरियोस् । आशा छ तपाईँ नेताहरूको बुद्धिको बिर्को खुल्नेछ र एउटा बिन्दुमा आएर सहमति जनाएर सहकार्य गर्नु हुनेछ । धन्यवाद !

तपाईको प्रतिक्रिया