Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अहिले अनलाइन सपिङ सामान्य भइसकेको छ । आफूले चाहेको सामान एकै ठाउँमा बसेर छान्न सकिने र ती सामान घरसम्म नै डेलिभरी हुने भएकाले यसको उपयोग बढ्दै गइरहेको हो ।

कतिपय अवस्थामा किनिसकेको सामान फिर्ता हुने व्यवस्था भएकाले धेरैको लागि अनलाइन सपिङ अभ्यस्त बन्न थालेको छ । अनलाइन सपिङमा भारी छुट दिने अफरले पनि धेरैलाई यता तिर आकर्षक गर्ने गर्छ । तर सोच्नु पर्ने कुरा अनलाइन सपिङमा सधैं राम्रो अनुभव नहुन सक्छ । अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेष्टिगेसन (एफडीआई) का अनुसार २०२२ मा अमेरिकामा अनलाइन सपिङमा रकम भुक्तानी नगरेको वा सामान डेलिभरी नगरेको विषयमा १२ हजार बढी पीडितले गुनासो दर्ता गरेका थिए । जुन ७३ मिलियन डलर (करिब ९ अर्ब रुपैयाँ) बारबार हुन आउने बताइएको थियो ।

नेपालमा पनि विभिन्न समयमा अनलाइन सपिङमार्फत ठगी भएका कुराहरू बेला बेला आइरहन्छन् । तर त्यस्ता अनुभवले कहिल्यै अनलाइन सपिङ रोकिएको भने छैन । तर केही सतर्कता अपनाए अनलाइन सपिङबाट बच्न सकिन्छ । यहाँ अनलाइन सपिङबाट हुनसक्ने ठगीबाट कसरी बच्नेबारे चर्चा गरिएको छ ।

विश्वसनीय प्लेटफर्मबाट मात्र सामान खरिद गर्नुहोस्
अनलाइन सपिङका लागि बच्ने यो सुरक्षित उपायमध्ये एक हो । किनकि यसो गर्दा जोखिम कम हुन्छ । प्राय: अनलाइन ठगी गर्नेका लागि अनलाइन सपिङ एउटा माध्यम हुने गर्छ । त्यस्तै कतिपय प्लेटफर्म गोपनीयता वा डेटाको मामिलामा असुरक्षित हुन्छन् ।

यदि तपाईँलाई अनलाइन सपिङमा विश्वास छैन भने विश्वसनीय प्लेटफर्मबाट मात्रै सामान खरिद गर्न सक्नुहुन्छ । अझ विदेशी इकमर्स साइटबाट भन्दा पनि स्वदेशी प्लेटफर्म प्रयोग गर्नुपर्छ । ताकि ठगीमा परिहाले उजुरी गर्न तथा कानूनी दायरामा ल्याउन सजिलो होस् । तर याद गर्नुपर्ने कुरा त्यस्ता विश्वसनीय प्लेटफर्मको डोमेन अक्षरलाई तलमाथि गरेर स्क्यामरहरूले पासो थाप्न सक्छन् ।एड्रेस बारको ‘लक’ आइकन हेर्नुहोस्
यदि तपाईँलाई कुनै पनि त्यस्ता अनलाइन सपिङ साइटमा दोधार छ भने एड्रेसबारमा हुने ‘लक’ आइकन हेर्न सक्नुहुन्छ । यो भनेको हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल सेक्योर (एचटीटीपीएस) इनेबल गरिएका सुरक्षित वेबसाइटको चिन्ह हो । अर्थात् वेबसाइट सुरक्षित रहेको बुझाउने चिन्ह हो ।

प्रयोगकर्तालाई असुरक्षित साइटबाट बचाउन सर्च इन्जिनहरूमा यस्तो गर्ने गरिन्छ । यदि तपाईँले अनलाइन सपिङ गर्न लागेको साइटमा त्यस्तो चिन्ह छैन भने तीबाट सामान खरिद नगर्नु नै उत्तम हुन्छ । तर यो चिन्ह छ र वेबसाइट पूर्ण रूपमा सुरक्षित छ भनेर झट्ट विश्वास गरिहाल्न पनि हुन्न ।

किन्नुअघि बिक्रेताबारे बुझ्नुहोस्
अनलाइन सपिङ गर्न मिल्ने इकमर्स साइट एउटा कुनै भौतिक बजार जस्तै हो । जसमा विभिन्न सामानहरू बिक्रीका लागि राखिएको हुन्छ । सायदै बजारमा कोही गएर पसलेलाई केही नसोधी सामान खरिद गर्छ । सोहीकारण इकमर्स बजार/पसल भएको कारण त्यहाँ पनि बिक्रेताबारे बुझ्नु आवश्यक हुन्छ ।

यसका लागि त्यहाँका कमेन्ट, रिभ्यु आदिलाई आधार लिन सक्नुहुन्छ । तर कुनै पनि सामानबारे सबै प्रतिक्रिया सकारात्मक आएका छन् भने शङ्काको नजरले हेर्नु पर्छ । त्यस्तै त्यहाँ उपलब्ध फोन नम्बर वा अन्य माध्यमबाट बिक्रेतासँग सम्पर्क गर्न सक्नुहुन्छ । यदि त्यहाँ उपलब्ध गराइएको विवरणबाट बिक्रेतासँग सम्पर्क हुन सकेन भने पनि शङ्का गर्नुपर्ने हुन्छ ।

सपिङ फर्ममा व्यक्तिगत विवरण सही नभर्नुहोस् !
पढ्दा/सुन्दा यो तरिका अनौठो र गलत लाग्न सक्छ । तर यो तरिका धेरै अवस्थामा अनलाइन सपिङका लागि उपयुक्त हुन्छ । सामान्य एउटा इकमर्स प्लेटफर्मलाई तपाईँको जन्ममिति, नागरिकता नम्बर, ठेगाना जस्ता व्यक्तिगत सूचनाको आवश्यकता किन पर्छ ? उनीहरूले त्यसरी व्यक्तिगत विवरण माग्नुको उद्देश्य के हो ? उनीहरूले तिनलाई के गर्छन् ?

यदि कुनै पनि प्लेटफर्मले सपिङ फर्ममा व्यक्तिगत विवरण माग्छन् भने यी प्रश्नबारे गम्भीर हुनुपर्छ । स्क्यामरहरूले जति बढी तपाईँको बारेमा व्यक्तिगत सूचना पाउँछन्, त्यति नै तपाईँ जोखिममा पर्नुहुन्छ । त्यस्ता इकमर्स प्लेटफर्महरूको डेटा चोरी भएको घटना विगतमा थुप्रै घटेका छन् । त्यसकारण आफ्नो व्यक्तिगत विवरण दिँदा अर्धसत्य विवरण दिन सक्नुहुन्छ ।डेबिट कार्ड प्रयोग नगरेको राम्रो
अनलाइन सपिङका लागि तपाईँले आफ्नो डेबिट कार्ड प्रयोग गरिरहनु भएको छ भने ह्याकरहरूले तपाईँको बैङ्क अकाउन्टमा सोझै पहुँच पाउन सक्छन् । अनलाइन सपिङको भुक्तानीका लागि डेबिट कार्ड प्रयोग गर्नुभन्दा पनि क्रेडिट कार्ड वा मोबाइल पेमेन्ट एप प्रयोग गर्नु राम्रो हुन्छ ।

किनकि कतिपय बैंङ्कले अनलाइन सपिङका लागि अस्थायी क्रेडिट कार्ड नम्बर उपलब्ध गराउने गर्छन् । त्यस्तै अनलाइन सपिङका लागि सौखिन हुनुहुन्छ भने तपाईँले आफ्नो बैङ्किक अकाउन्टको कारोबारको तथ्याङ्क भने बारम्बार हेरिरहनु पर्ने हुन्छ ।

पब्लिक वाई-फाईबाट अनलाइन सपिङ नगर्नुहोस्
यदि तपाईँ सार्वजनिक वाई-फाई अर्थात् नि:शुल्क चलाउन पाइने वाई-फाईबाट अनलाइन सपिङ गरिरहनु भएको छ भने अलि बढी सतर्कता अपनाउनु पर्ने हुन्छ । किनकि सार्वजनिक स्थानमा राखिएका त्यस्ता सार्वजनिक हटस्पट ह्याकरहरूको निशाना हुने गर्छ ।

यदि तपाईँले त्यस्तै नेटवर्क प्रयोग गरेर अनलाइन सपिङ गर्नुपर्ने बाध्यता छ भने सुरक्षित भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्नुपर्ने हुन्छ । अन्यथा तपाईँ जोखिमको घेरामा नै रहिरहनु हुनेछ ।

ठगीमा परिहाले उजुरी गर्नुहोस्
सुरक्षा र सतर्कताका विभिन्न उपाय अपनाउँदा पनि तपाईँ अनलाइनमा ठगी परे तुरुन्तै सम्बन्धित निकायमा उजुरी दिनुहोस् । इकमर्स प्लेटफर्मलाई उक्त बिक्रेताबारे रिपोर्ट गर्नुहोस् । त्यसो गर्दा अन्य व्यक्तिहरू तपाईँ जस्तै पुन: फस्न पुग्दैनन् । नेपालमा तपाईँले नजिकैको प्रहरी कार्यालय, साइबर ब्यूरो, उपभाेक्ता हित संरक्षण मञ्च लगायतका निकायमा आफ्नो निवेदन दर्ता गर्न सक्नुहुन्छ । –पीसीम्यागकाे सहयाेगमा

तपाईको प्रतिक्रिया