Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बर्दियाको गुलरिया-४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । । राती करिब १० बजेतिर स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको हो ।

बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालकाअनुसार आगलागीमा परी गुलरिया-४ का ३६ वर्षीया राधा बुढा, ९ वर्षीया मानसी बुढा, ७ वर्षीय कृश चन्द र १८ महिनाको कार्तिक चन्दको मृत्यु भएको छ । २७ वर्षीया करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया