Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले हेर्दाहेर्दै वाक्क भएर राजतन्त्र अन्त्य गरेको भन्दै अब राजतन्त्र फर्किने कल्पना गर्न नहुने बताएका छन् । शुक्रबार भ्रातृ संगठन युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चेतना नभएका मुर्खहरूले मात्रै राजतन्त्रको कुरा गर्ने बताएका हुन् ।

‘हेर्दाहेर्दा वाक्क दिक्क भएर जनताले यो काम लाग्ने चिज रहेनछ भनेर राजतन्त्र फ्याँकेका हुन् । अहिले त्यही राजतन्त्र भनेर एकाथरी सडकमा छन्। चेतना नै नभएका मुर्खले राजतन्त्र मान्छन्,’ उनले भने, ‘नागरिक सर्वोच्चता स्वीकार्न नसक्ने? त्यो त चेतना हैन, मुर्खता हो ।’

उनले एकाथरी मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेको भन्दै युवा संघ त्यसविरूद्ध सडकमा आएको भन्दै धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया