Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रहरीले दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित पाँच जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । अन्यको खोजी भइरहेको छ । प्रहरीकाअनुसार सुनधाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढु‌ंगामुढा गरेका थिए । आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया