Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको फैसला गर्दै कैद र सजाय तोकेको हो ।

न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरु हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको हो । उनीहरुले ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ । उक्त घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझालाई अदालले सफाइ दिएको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका तत्कालिन इकाइ सभापित आचार्य, सचिव रावल लगायतको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उनीहरुलाई कारबाहीको माग गर्दै चलाउने तीन वर्षदेखि संघर्ष गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया