बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नतृत्व गरेको प्रदर्शनमा राप्रपाका सांसद ज्ञानबहादुर शाही पुगेका छन् । प्रशासनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएपछि बल्खुमा आयोजना गरिएको प्रदर्शनमा सांसद शाही पुगेका हुन् ।

प्रसाईं पक्षले बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । राप्रपाभित्र प्रसाईंको आन्दोलनलाई समर्थन गर्ने कि नगर्ने भन्ने दुविधा छ । पार्टीले कुनै आधिकारिक निर्णय गरेको छैन ।

बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र ’तानाशाही’ शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईंले बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया