Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – हुन्डी, क्रिप्टो कारोबार, अनलाइन जुवालगायतको अपराधमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४८ वर्षका रूपेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीसँग ८९ लाख ६९ हजार नेपाली र सात हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । बागबजारस्थित घरबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीसँग पैसा गन्ने मेसिनसमेत बरामद भएको छ ।

हुन्डीका साथै क्रिप्टो कारोबार, अनलाइन जुवालगायत विषयमा विस्तृत अनुसन्धान गरिने सिआइबीकी एआइजी किरण बज्राचार्यले बताइन् ।

तपाईको प्रतिक्रिया