आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – जाडो बढ्न थालेसंगै ज्याकेटको महत्व पनि बढ्दो छ । बजारमा बिभिन्न ब्राण्डका ज्याकेट उपलब्ध छन् । न्यानोसंगै फेशनेबल देखिन राम्रो ज्याकेट छान्नु उपयुक्त हुन्छ । बजारमा अत्य्धिक चल्तिका केही ज्याकेटहरुका बारेमा यहां चर्चा गरिएको छ ।

लेदर ज्याकेटः  महिला र पुरुष दुबैको रोजाईमा यो ज्याकेट सदाबहार मानिन्छ । यो ज्याकेट टि-सर्ट र कुर्थामा पनि सुहाउँछ ।

डेनिम ज्याकेटः पुरुषहरु डेनिम ज्याकेट लगाउन मन पराउँछन् । डेनिम ज्याकेटलाई अझ न्यानो बनाउन फरको प्रयोग गरिन्छ ।

हुडीः  बजारमा बिभिन्न डिजाइनका हुडी पाईन्छन् । यसले शरीरलाई न्यानो राख्छ । त्यस्तै मफलर ज्याकेट पनि प्रयोग गर्न सकिन्छ । फरमा कलर राखेको ज्याकेट पनि बजारमा पाईन्छन् । यो जाडोमा लगाउन मिल्छ । टोपीमा फर भएको ज्याकेट चिसो ठाउँका लागि अझ बढि उपयोगी मानिन्छ ।

फेदर डाउन ज्याकेटः  जाडो मौसमका लागि डाउन ज्याकेट असाध्यै उपयोगी मानिन्छ । यो अधिक चिसो ठाउँमा प्रयोग गरिने ज्याकेट हो । यसको भित्री भागमा प्वाँख भएकोले फेदर ज्याकेट पनि भनिन्छ । यो ज्याकेट एकदमै तातो हुन्छ । यो ज्याकेट युवाहरुका लागि मात्र नभएर बृद्धाहरुका लागि पनि एकदमै उत्तम छ । यसले शरीरलाई न्यानो बनाउँछ ।

लाइट डाउन ज्याकेटः चिसो मौसमका लागि लाइट डाउन ज्याकेट पनि अत्यन्त उपयुक्त मानिन्छ । लाइट डाउन ज्याकेट जति चिसो हुन्छ त्यति फुल्दै जान्छ । यो फेदरभन्दा अलि पातलो हुन्छ । यसले पनि शरीरलाई तातो बनाउँछ । यो स्टाइलिश देखिए पनि धेरै चिसो छेक्न सक्दैन । त्यसैले धेरै चिसो र हिउँमा यो ज्याकेट उपयुक्त नहुन सक्छ । तर दिउँसो घाम लागेको बेला घुमफिर गर्नका लागि यो ज्याकेट सहि छनौट हो । यसमा मसिनो प्वाँख मात्रै हुन्छ ।

पफर ज्याकेटः  नेपाली बजारमा बिभिन्न डिजाईनमा पफर ज्याकेट पाईन्छन् । यसले शरीरलाई तातो र न्यानो बनाउँदछ । त्यसैले यो ज्याकेट अधिकाँश ग्राहकको रोजाईमा पर्दछ । यसको भित्री भागमा सिलिकन राखिएको हुन्छ । अगाडि र पछाडिको भागमा प्रिन्ट भएको पाईन्छ ।- रोबिन परियार, फेशन डिजाइनर

तपाईको प्रतिक्रिया